शनिबार, बैशाख १९, २०८३

जापानको नेकपामा नेतृत्वको होडवाजी,अक्टुवर १८ सम्म कार्यदलले नाम सिफारिस गर्ने

जापान । पूर्व नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच ओएनएफ जापानको विबाद सुल्झिएको छ ।
नेकपाको एकता कार्यदलमा जापानबाट ओएनएफका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठ र महासचिव सुरेश केसीको एकता कार्यदलमा नाम केन्द्रले तोकेर पठाएपछी केहि समय अघिबाट अन्योल समाधान भएको हो ।
महेन्द्र श्रेष्ठ जनप्रतिनिधिमा निर्वाचित भएपछि सुरेस केसीले आँफुलाई अध्यक्ष दाबी गरेका थिए । ओएनएफको एक् पक्षले सुरेस केसीलाई अध्यक्ष घोषणा गरेपछि अर्कों पक्षले चर्को विवाद गर्दै आएक थिए ।
ओएनएफको बिबादले रोकिएको एकता प्रकिया बिबाद समाधान भएसंगै जापानमा नेकपाको दुई प्रवास संगठन एकताको लागी बाटो सहज भएको छ ।

जापानको लागी नेकपाको संयोजकको लागी पूर्व एमाले ओएनएफबाट पूर्व वरिष्ठ उपाध्यक्ष तथा नूवाकोट शिखरबेशि गाबीस पूर्व अध्यक्ष राजकुमार पण्डित ,सिदार्थ श्रेष्ठ,बाबुराम भण्डारी,सुरेश केसी शालिकराम भण्डारीको दाबी आएको छ भने पुर्व माओवादीको नेपाली जनप्रगतिशील मंचबाट संयोजकमा हवलचन्द्र लामा,बेलुकाजी थापा,हर्क थापाको चर्चा छ ।

त्यस्तै दोस्रो कार्यकारी पद सचिवमा राजेन्द्र श्रेष्ठ ,सागर रिजाल ,बाबुराम पौडेल लगाएतको दाबी छ ।

नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन एकता कार्यदलको यहि साता सम्पन्न बैठकमा निर्णय गर्दै प्रवास संगठनलाई विवादरहित नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ ।

नेकपाको प्रवास संगठन एकता कार्यदलका सदस्य युवराज चौलागाईका अनुसार कुनै पनि विवाद नराखि एक संयोजक र एक सचिव सहित ३५ जनाको नामलिष्ट पठाउन कार्यदललाई परिपत्रसहित जिम्मा दिएका छौं सोह अनुसार सिफारिस गर्नसमेत आग्रह गरेको बताउनु भयो ।

दुई संगठनविच एकता भएर प्रवासी नेपाली एकता मञ्च नाम दिएको छ भने यहि अक्टुवर १८ तारिखसम्म 

नाम सिफारिस गर्न केन्द्रले परिपत्र जारी गरेको छ ।