मंथली । नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा यूथ ट्यालेन्स शो प्रतियोगिता तथा जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम हुने भएको छ ।
गाऊँघरमा लुकेर बसेको आफ्नो प्रतिभा प्रदशन गर्न रामेछाप काठमाडौँ सृजनशील समाजको आयोजनामा यहि कार्तिक १ गते महानवमीको दिन मन्थली नपा १२ को वर्डा कार्यलयमा सो कार्यक्रम हुन गईरहेको हो । सो कार्यक्रममा आफ्नो प्रतिभा प्रदशनको लागि सहभागिता जनाउनु हुन आयोजक संस्थाले खुल्ला आह्वान गरेको छ ।
उक्त प्रतिभा प्रदशनी तिन बिधामा छुट्टाछुट्टै हुन गईरहेको संस्थाका अध्यक्ष कृष्णहरि बुढाथोकिले जानकारी दिनुभयो । सो प्रतियोगितामा गायन ,नृत्य,विविध ( कविता बाचन , भासण , क्यारिकेचर लगाएतको गर्न सकिने संस्थाले जनाएको छ । यसैगरि रामेछाप काठमाडौँ सृजनशील समाज ले नै आयोजना गरेको “जेष्ठ नागरिक अनुभव आदानप्रदान तथा अभिनन्दन कार्यक्रम “ यहि असोज ३० गते हुन गैरहेकोले सो कार्यक्रममा ७० बर्ष व्यतित भएका मन्थली नपा १२ का जेस्ठ नागरिकको सहभागिताको लागि अनुरोध गरेको छ । साथै उक्त कार्यक्रममा मातृ सन्देश डट कम अफिशियल मीडिया पार्टनरको रूपमा रहेको छ ।
सो दुवै कार्यक्रम सम्बन्धमा थप जानकारीको लागि पवन राज खड्का ९८५४०४०२०० रामहरि बुढाथोकी ९८४१७८४८९९

