काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् ।
भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा कर्मचारी व्यवस्था गरादिनुस् भन्ने आयो ।’
बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको सुनाए । भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नहरने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिकसमाज सबैका लागि चुनौती भएको बताए ।
नापी र मालपोतका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँनयाँ उपाय खोजेको उनले बताए ।

