काठमाडौ । भारतीय महर्षि श्री कुमार स्वामीले सबै रोग घातक कीटाणुहरुका कारण हुने र त्यसको संसारमा कुनै समाधान नभएको बताउनु भएको छ।
केही दिनको नेपाल यात्रामा आउनु भएका स्वामीले होटल ह्यातमा संचारकर्मीहरुसँगको कुराकानीमा सबै प्रकारका रोगको उपचार प्रकृति प्रदत्त हिमालयको जलबाट मात्र १५ मिनेटमा निको पार्न सकिने बताउनुभयो। महर्षि स्वामीले सबै रोग उत्पन्न गराउने ब्याक्टेरिया मुख्य रुपमा प्रोपीओनी ब्याक्टेरिया र स्ताफ्लोकाकस भएकाले त्यो भयानक कीटाणुहरुको मुल कारण भएको बताउनुभयो । यो ब्याक्टेरिया सबै रोग वा कुष्ठ रोगको जन्मदाता भएको बताउनुभयो ।
स्वामीले यो ब्याक्टेरिया र फंगस नाक, कान, मुख, आँखा र छालाबाट शरीरभित्र प्रवेश गर्ने र लिभर, किड्नी, पैनक्रियाज, गल ब्लैडर, मुटु, लंग्स, ब्रेन, नर्भस सिस्टमलाई नराम्रोसँग प्रभावित पार्ने गरेको बताउनुभयो । उहाँले यो खतरनाक ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गरेर एक लाख अन्डा पार्ने र विस्तारै विस्तार बढ्दै गएर पछि १५ लाखभन्दा बढी प्रकारका ब्याक्टेरियामा परिवर्तन हुने बताउनुभयो । यो ब्याक्टेरियाले पाचन प्रणालीमा असर गर्ने भएकाले फलफूल, सागपात, दुध, बदाम आदि बचाउन बन्द गरिदिने भएकाले पछि सबै अंगमा विभिन्न प्रकारको एलर्जी उत्पन्न गराउने गरेको बताउनुभयो ।
आफ्नो रहस्यमय उपचार विधिका कारण संसारभर ख्याति आर्जन गरिसकनु भएका स्वामी दोस्रोपटक नेपाल आउनु भएको हो । उहाँ आफ्नो रहस्यमय उपचार विधिका लागि ख्यातिप्राप्त हुनुहुन्छ । राजधानीको वनकालीस्थित हंस मण्डप प्राङ्गणमा गरिएको कार्यक्रममा स्वामीले हिमालयको जल प्रयोग गरेर रोग निदान गर्दा डाक्टरहरुसमेत आश्चर्यमा परेका थिए भने सर्वसाधारणले रोगबाट मुक्ति पाएका थिए ।
पत्रकारहरुसँगको कुराकानीमा महर्षि कुमार स्वामीले बजारमा पाइने औषधिहरुले रोगहरु मात्र थप गर्ने र अस्पतालहरुले विरामीलाई आफ्नो कमाईको माध्यम मात्र ठान्ने गरेकाले विश्वभर मानिसहरु पीडित हुने गरेको बताउनुभयो । उहाँले स्वस्थ रहनका लागि वेदमै सबै कुरा उल्लेख रहेको भन्दै त्यसैले डाक्टर र चिकित्सकले पैसा कमाउने माध्यम मात्र बनाएको बताउनुभयो । उहाँले आफूले धन आर्जनका लागि यो काम नगरेको भन्दै जसको रोग पनि निःशुल्क गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा महर्षि श्री कुमार स्वार्मीले आफूलाई भारत सरकारको आयुष मन्त्रालयले सबै जाँचपछि यो अद्भुत खोज प्रमाणित गरेको जानकारी दिनुभयो । उहाँले भारतको आयुष मन्त्रालयको विज्ञहरुको टिमले हिमालयको जललाई विश्वको सर्वश्रेष्ठ जलको मान्यता दिएको जानकारीसमेत दिनुभयो । यो जल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत समावेश भएको जानकारी कार्यक्रममा दिइयो । स्वामीको यो खोजलाई अमेरिका, इंग्ल्याण्ड र युरोपका बहुराष्ट्रिय कम्पनीहरुले पनि मान्यता दिँदै प्रशंसा गरेको बताइएको छ । केही दिनको नेपाल बसाईपछि स्वामी आजै भारत प्रस्थान गर्ने कार्यक्रम छ।

