शनिबार, बैशाख १९, २०८३

शनिबार र आइतबार प्रभु कृपा दुःख निवारण समागम हुने

काठमाडौ । काठमाडौँ पशुपतिनाथ मन्दिर नजिकै रहेको हंस मण्डप ग्राउन्डमा यहि सेप्टेम्बर २२ २३ गते देखि हुुने प्रभु कृपा दुख निवारणको समागम पुरै नेपालभरि उत्हाजनक माहोल देख्न पाइने भएको छ ।

भारतका विश्व विख्यात संत परम पूज्य महर्षि श्री कुमार स्वामीको आगमनलाई लिएर श्रद्धालु भक्तजनहरुमा उत्साह बढ्दै गएको हो । यसको समागमको तयारी धुमधामका साथ चलिरहेको छ र ठाउँ ठाउँमा तोरणद्धारहरु लगाइएको छ ।

भगवान् श्री लक्ष्मी धामका प्रवक्ता श्री गुरुदासका अनुसार दुई वर्ष पछि नेपालका श्रद्धालु भक्तजनहरुलाई परम पूज्य महर्षि श्री कुमार स्वामीबाट प्रभु कृपा ग्रहण गर्ने अवसर प्राप्त भएको छ ।

यो भन्दा पहिले २०१६ सालमा काठमाडौँमा महासंगमको आयोजना गरिएको थियो । उक्त संगममा नेपाल मात्र नभई भारतबाट पनि कैयौँ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो भने श्रद्धालुको आवासको व्यवस्था र भोजनको राम्रो व्यवस्था रहेका थियो ।

श्री गुरुदासका अनुसार परम पूज्य महर्षि श्री कुमार स्वामी विश्व प्रभु कृपा दुख निवारण र महासंगमका माध्यमबाट हरेक धर्म, सम्प्रदाय र मृतक परिवारको विभिन्न शास्त्रबाट दुख निर्वारण रहस्य प्रदान गर्दछन् । विश्वका ५० करोड मध्ये अधिक व्यक्ति शास्त्रोक्त पाठबाट आफ्नो तन, मन, धनको रोग वा कष्टबाट मुक्त भई खुशियाली जीवन बिताइरहेका छन् । जुन रोगको उपचार मेडिकलबाट हुन सकेको हुँदैन त्यो रोग दुख निवारणको पाठपछि सबै समाप्त हुने मान्यता रहेको छ ।

श्री गुरुदासका अनुसार परम पूज्य महर्षि श्री कुमार स्वामीले प्रदान गर्ने पाठ पूर्णतःशास्त्रोक्त हुने भएकाले विश्वभर व्यापक मानिने गरिन्छ । उनको शास्त्रोक्त पाठबाट भएको मेडिकल प्रमाणबाट विश्वका सम्पूर्ण डाक्टर, वैज्ञानिक र बुद्धिजिवि सबै अचम्मित रहेका छन् ।

क्यानडा, अमेरिका, इग्ल्यानड सहित विभिन्न देशका करोडौँ मानिसहरु दुख निवारणका लागि परम पूज्य महर्षि श्री कुमार स्वामीलाई धेरै पटक सम्मान गरिसकेका छन् ।

हाल जुन २०१८मा परम पूज्य महर्षि श्री कुमार स्वामी ब्रिटिश पालिर्यामेन्टको हाउस अफ लर्डमा सम्मानित भएका थिए । त्यस्तैगरी अमेरिकामा पुनः एकपटक उहाँको नाममा ‘महर्षि श्री कुमार स्वामी डे’ दिवस घोषित गरेको छ । भारतमा पनि विभिन्न महामहिम राष्ट्रपति पनि शास्त्रोक्त पाठको रहस्यको राष्ट्रपति भवनमा ग्रहण गरिएको छ ।