बिहिबार, बैशाख १३, २०८१

उपराष्ट्रपति पुन ६ दिने औपचारिक चिन भ्रमण,छेन्दुमा उच्चस्तरीय भेटघाट

छेन्दु,४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक चिन भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु आईपुग्नुभएको छ । उहाँ सिए ४३८ नं को एयर आईनाको विमानबाट वुधवार छेन्दु आईपुग्नुभएको हो ।
उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका उच्च अधिकारीले स्वागत गरेका थिए । उपराष्ट्रपति छेन्दुमा बिहिबारबाट सुरु हुने १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन आई पुग्नुभएको हो । उहाँले बिहीबार विहान १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई संबोधन गर्नुहुनेछ ।

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्रीसंग शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण कुमार केसी हुनुहुन्छ ।
यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा हुनुहुन्छ ।

तस्विर : मनोज घर्तीमगर