शनिबार, बैशाख १९, २०८३

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नार्कका वैज्ञानिक पक्राउ

काठमाडौं,२ असोज । आफ्नै विद्यार्थीलाई फेशबुकमा अश्लील सामग्री पठाएर यातना दिएको आरोपमा ललितपुर खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् नार्कका एक वरिष्ठ डाक्टर पक्राउ परेका छन्।

आफ्ना गोप्य अंगको भिडियो तथा फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा मेघराज तीवारीलाई पक्राउ गरेको छ। डा तिवारी नार्कका पशु आहार महाशाखामा मुख्य वैज्ञानिकका रुपमा कार्यरत रहेका छन्।

काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजीका शिक्षक समेत रहेका तिवारीले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको तथा अश्लील सामग्री पठाएको आरोप छ।@ नयाँ पत्रिका