शनिबार, बैशाख १९, २०८३

जापानमा पहिलो पटक धेरै नेपालीले चढे ‘माउन्ट फुजी’

टोकियो,१ असोज ।  जापानमा रहेका नेपालीहरुको इतिहासमा एकै पटक धेरै नेपालीले जापानको सबै भन्दा अग्लो ‘माउन्ट फुजी’ आरोहण गरेका छन । सबै भन्दा पहिलो पटक फुजी चढ्ने नेपालीको बारेमा एकिन जानकारी नभए पनि २०१८ सेप्टेम्बर १६ तारिकका दिन बिहान नौ बजेको समयमा तिन दर्जन अर्थात ३६ जना नेपालीको टीमले एकै साथ माउन्ट फुजी चढेका छन । ३७७६ मिटर उचाईमा रहेको जापानकै अग्लो सो पहाड जापानमा रहेका नेपालीहरुले समेत चढ्दै आइरहेका थिए तर नेपालीहरु यति ठुलो सङ्ख्यामा सो पहाड चढेको यो नै पहिलो हो टीम म्यानेजर सरद कुमार गौचनले भने । सगरमाथाको देश भनिने नेपाल बाट आएर जापानमा पनि साहासिक यात्रा गर्ने नेपाली थुप्रै रहेको उनको बुझाइ छ ।

माउन्ट फुजी आरोहण गर्ने धेरै बाटोहरु भए यस टिमले स्टेसन पांच बाट सुरु गरेर ,पहाड चढेको आरोहण दलका एक सदस्य डम्बरराज पौडेलले जानकारी दिए । प्राय आरोहीहरु सिजनमा जाने रहेछन तर हामी अफ सिजनमा गएको हुनाले हाम्रो यात्रा अझ जोखिमयुक्त रहेको कुरा टिम म्यानेजारले सजक गराएको बताउदै साबधानी पुर्बक, संयमित भइ सबै जना सकुसल आरोहण गरि सफलता प्राप्त गरेको जानकारी दिए ।

६० बर्षे पुरानो संस्था “जापान नेपाल सोसाइटी”का डाइरेक्टर समेत रहेका गौचनले भने “हामीले यो मनोरंजनका लागि मात्र नभइ जापान र नेपालको सम्बन्ध लाइ जोगाइराख्न र जापानी माझ अझ फैलाउन पनि महत्वपूर्ण भूमिका खेल्ने हुनाले आयोजना गरेका हौँ। गौचन २७ बर्ष देखि हिमाल आरोहण, हाइकिंग जस्ता साहसिक कार्यहरुमा संलग्न हुदै आएका उनि स्वयंको फुजी आरोहण यो आठौ पटकको हो ।

सो आरोहण दलमा सगरमाथा आरोही जापानी नागरिक ओकुरा तोसीतोमी साथमा नेपाल लाइ माया गर्ने रयोइची कुवायामाका साथमा जापान नेपाल सोसाईटिका निर्देशक सरद कुमार गौचन र वलराम श्रेष्ठ,न्यु आइटी भेन्चर कर्पोरेसनका निर्देशक कमल अधिकारी, ज्युन्टन्डो विश्वविध्यालयका प्रोफेसर लक्ष्मी कुमार पराजुली नेपाल सरकारअर्थ मन्त्रालयका उपसचिव गगन वहादुर विक,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन,किरात राई यायोक्खा जापानका पूर्वअध्यक्ष रिद्धि तुम्वाहाम्फे र नि.अध्यक्ष रमेश कुमार राई लगायत नेपालीहरु रहेका थिए । अन्य आरोहीहरुमा कृष्ण अधिकारी, डम्बरराज पौडेल, मिलन गुरुङ, बिनोद शर्मा, नरेन्द्र खड्का ,अभिषेक सुबेदी, हेमन्त कुमार सेरचन,श्याम भट्टचन , जिबन भट्टचन, उषा तुलाचन,अनिता भट्टचन, मिना गौचन, प्रमिला गौचन-डंगोल, राजु सेरचन,सुजा गौचन ,सन्जिब गौचन, सोनी तुलाचन,बिन्ध्या गुरुङ, सबीना भट्टचन, अमुल गौचन, बबी गौचन, राजकुमार सेरचन,उत्तम भट्टचन, रोसन शेरचन, रोशन बहादुर अधिकारी, दिपक गौचन , पूर्णध्वज तुलाचन , बिनोद भट्टचन रहेका छन ।

स्मरणीय रहोस माउन्ट फुजी एक सयौं बर्ष अघि ज्वालामुखी बिस्फोटन बाट बनेको थियो, र फुजीको यात्रा गर्न घुम्न र हेर्न विश्व भरबाट करोडौ पर्यटक आउने गरेको जानकारी पाइन्छ ।