शनिबार, बैशाख १९, २०८३

आज विश्वकर्मा पूजा, किन र कसरी मनाउने ? विधिसहित

काठमाडौं,१ असोज । हस्तशिल्पी कलाकार भगवान विश्वकर्माको जयन्ती अर्थात् विश्वकर्मा दिवस अर्थात् विश्वकर्मा पूजा विश्वभरका हिन्दूहरुले आईतबार मनाउँदैछन् । हरेक वर्ष भाद्र कृष्ण द्वादशीको दिन मनाईने विश्वकर्मा पूजाको दिन सबै निर्माण कार्यमा उपयोग हुने हतियारको तथा औजारको पूजा गरिन्छ ।

उद्योग जगतका देवता भगवान विश्वकर्माको जयन्तीको दिन विधि विधानले उनको पूजा गर्दा विशेष फल पनि प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । विश्वकर्माले पूरै सृष्टिको निर्माण गरेका थिए । त्यसैले उनलाई र्सष्टि निर्माण कर्ता पनि भनिन्छ । उनलाई खुशी बनाउन सके दिन दुईगुणा रात चौगुना गरी धनधान्यले भरीपूर्ण हुने धार्मिक विश्वास छ ।

कहिले मनाईन्छ विश्वकर्मा पूजा ?

विश्वकर्मा जयन्ती हरेक वर्ष कन्या संक्रान्ति अर्थात् आश्विन १ गते मनाईन्छ । यस वर्ष भगवान विश्वकर्मा जयन्ती आईतबार मनाईँदैछ।

समून्द्र मन्थनबाट भएको थियो भगवान विश्वकर्माको जन्म

यो मान्यता रहेको छ कि प्राचीन कालमा सबैको निर्माण विश्वकर्माले गरेका थिए । स्वर्ग लोक, सुनको शहर, लंका तथा कृष्णको नगरी, द्वारका यी सबैको निर्माण विश्वकर्माको हातबाट नै भएको थियो । कुनै कुनै कथामा उल्लेख भए अनुसार भगवान विश्वकर्माको जन्म देवता तथा राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा विश्वकर्माको जन्म भएको थियो ।

पूरै ब्रह्माण्डको गरेथे निर्माण

हिन्दू पौराणिक कथाका अनुसार उनले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भवगान ईन्द्रको हतियार थियो । वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् ।

विश्वकर्मा पूजा विधि

– भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । कसैकसैले भने भगवान विश्वकर्मालाई नै आफ्नो भगवान मानेर पूजा गर्ने गरेको पनि देखिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ ।

– यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ ।

– यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ ।

– यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् ।

– पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल तथा मि‍ठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस्।

भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र

ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्