शनिबार, बैशाख १९, २०८३

नेकपाको बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश

काठमाडौं,२८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाइने लगायतका मापदण्ड पेश गरेका हुन् । मापदण्ड अध्ययनका लागि सचिवालय सदस्यहरुलाई दिइएको छ र भोलिको बैठक अन्तिम रुप दिनेछ ।

आज ३ बजे बस्ने बैठकले मापदण्डलाई अन्तिम रुप दिनुका साथै प्रदेश कमिटी गठन गर्ने एक नेताले जानकारी दिए ।

नेताहरुका अनुसार प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइनेछ । अहिले कार्यदलले जसरी सिफारिस गरेको छु, त्यो स्वीकार गर्ने अवस्था छैन’ एक नेताले भने, ‘मापदण्ड तोक्छौं र त्यसअनुसार भए नभएको हेर्ने बताए ।