शनिबार, बैशाख १९, २०८३

संघीय समाज जापानको दोस्रो अधिवेशनलाई सम्बोधन गर्न श्रेष्ठ जापान आउने

काठमाडौं,२४ भदौ । संघीय समाजवादी फोरम नेपालको प्रवासी संगठन नेपाली संघीय समाज जापानको दोस्रो अधिवेशन आगामी सेप्टेम्वर अन्तिम साता हुने भएको छ।

टोकियो शिनओकुवो स्थित रोयल गार्डेन रेष्टुरेन्टमा पार्टी केन्द्रीय सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आथित्यमा हुने अधिवेशन पश्चात् जापानवासी नेपालीहरुसंग बृहत अन्तरक्रिया समेत गरिने नेपाली संघीय समाज जापानका महासचिव संजीव राईले जानकारी दिए।

समावेशी लोकतन्त्र एवं सघीय गणतन्त्र नेपालका परिकल्पनाकार पूर्वमन्त्री समेत रहेका श्रेष्ठले अन्तरक्रिया कार्यक्रम मार्फत उत्पीडित राष्ट्रियताहरूको मुक्ति निम्ती सघंवादका सिद्धान्तहरुको कार्यान्वयन, राष्ट्रिय पहिचानको मान्यता, समावेशी लोकतन्त्र, जातिय समानता र सहअस्तित्व लगायतका विषयहरूमा प्रकाश पार्नुहुने बताईएको छ।

सेप्टेम्वर ३० तारिक आइतबारका दिन हुने सो बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी भईदिनका लागि सम्पूर्ण जापानवासी नेपालीहरुमा अपील गरिएको छ।