काठमाडौं,२३ भदौ । उत्तरी गोर्खाको मनास्लु क्षेत्रबाट काठमाडौं फर्किंदै गरेको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ ।
मृत्यु हुनेमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु रहेका छन् ।
गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्होकी आनी डोल्पा डिकी घाइते भएकी छिन् ।जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।

