बिहिबार, बैशाख ०३, २०८३

रजत पदक दिलाउने खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले १/१ लाख दिने

पोखरा,२१ भदौ । एसियन्स गेम्समा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले १/१ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

प्याराग्लाइडर विमल अधिकारी, सुशील गुरुङ, विशाल थापा, युकेश गुरुङ र विजय गौतमलाई प्रदेश सरकारले १/१ लाख रुपैयाँले सम्मान गर्नेछ । प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र व्यवस्थापन शैलेन्द्र राउतलाई २५/२५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘नेपाललाई पदक दिलाउने खेलाडी र प्रशिक्षक तथा व्यवस्थापनकलाई नगदसहित प्रोत्साहन तथा सम्मान गर्न लागेका हौं’ भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका प्रवक्ता बस्नेतले भने ।

सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयमार्फत प्रक्रिया पुर्‍याएर एक समारोहबीच सम्मान गरिने छ ।

नेपालले १८ औं एसियाली खेलकुदमा अन्तर्गत प्याराग्लाइडिङ खेलाडीले पदकको खडेरीलाई पुरेका थिए । इन्डोनेसियामा भएको पुरुष क्रस क्रन्ट्रीतर्फ नेपालले रजत जितेको थियो ।