शनिबार, बैशाख १९, २०८३

नेपाल बैंक र इजीलिंकविच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं,१८ भदौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्स प्रालिबीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह, मुख्य प्रबन्धक होम बहादुर खड्काले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

युवा रेमिट्यान्स ब्यबसायी अर्याललाइ शाहले यस सम्झौताले ब्यबसायिक सम्बन्ध मजबुत भएको र अत्यन्त गर्व र हर्ष का साथ थप सफलताको लागि पनि शुभकामना दिनुभयो । यो सम्झौतापछि अब जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत आएको रकम नेपाल बैंकका देशभरी रहेका १४० शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।

इजीलिंक रेमिट्यान्सले विगत लामो समयदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी दिनुभयो ।

यसै विच ईजिलिङले गरिमा विकास बैंक पनि सेवा बिस्तार गर्ने सहमति भएको छ । गरिमा विकास बैकका कार्यकारी अधिकृत गोविन्द ढकाल विच सेवा प्रदान गर्ने सहमति सम्पन्न भएको छ । यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराउनु भयो ।