Nepali date


शुक्रबार, भदौ ६, २०७६

७ महिनाकी गर्भवती महिलाको बलात्कार,घटनाको आरोपित तीन पक्राउ

कपिलवस्तु,१८ भदौ । विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ । घटनामा संलग्न भएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको हो ।

यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ,

इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको थियो ।

प्रह्लाद भोलिपल्ट पक्राउ परे । मुख्य आरोपी बकन्चु केवट भने फरार भएका थिए । उनलाई आइतबार मात्र कपिलवस्तु कृष्णनगर नगरपालिका २ यात्रुगेटमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया