शुक्रबार, बैशाख ०७, २०८१

ईजीलिंक र आईपे रेमिटद्वारा फोरेक्स रेमिटसंग साझेदार

जापान,१४ भदौ ।जापान लगाएत विभिन्न मुलुकबाट रेमिट्यन्स सेवा दिने क्रममा फोरेक्स रेमिटसगै आइपे रेमिटबाट पनी सेवा विस्तार गरेको छ ।

यो आइपेसंगको सहकार्य गरि, भुक्त्तानी सेवालाई अझै तिब्र बनाएको जानकारी गरेको छ । 

जापानबाट पठाएको रकम अब नेपालमा ७,५०० भन्दा बढी काउन्टरबाट भुक्त्तानी लिन सकिने भएको छ ।

 

प्रेस विज्ञप्ति

यहाँहरुलाई अबगत नै छ कि FOREX JAPAN ले शुरुवाती दिनदेखि नेपाल र भिएतनाममा आफ्नो विप्रेषण सेवा प्रदान गर्दै आइरहेको थियो भने, समय र ग्राहकवर्गहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा विस्तार गर्ने क्रममा नेपाल, भिएतनाम लगायत विश्वका विभिन्न देशमा आफ्नो विप्रेषण सेवालाई विस्तार गरेको छ । FOREX JAPAN को सेवाग्राही लाई जापानबाट अन्य देशमा पैसा पठाउने सुबिधा मात्र नभएर जापान बाहिरबाट आएको रकम जापान भरि नै भुक्तानी सेवा पनि शुरु गरिसकेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छौ । 

FOREX JAPAN ले नेपालको लागि भुक्त्तानी साझेदार इजिलिंक रेमिट्यान्ससंग गर्दै आइरहेको जानकारी गराउदै साथै जुलाई महिना देखि भुक्त्तानी सेवा छरितो र सर्व सुलभ होस् भन्ने हेतुका साथ IPAY REMIT संग पनि सहकार्य गरि, भुक्त्तानी सेवालाई अझै तिब्र बनाएको जानकारी गराउन चाहन्छौ ।

IPAY REMIT को सहकार्य संगसंगै नेपालमा रहेका कमर्शियल तथा बिकाश बैंक गरि ३२ वटा बैंकमा अहिले रियल टाइममा बैंक ट्रान्सफर गर्न सकिने सुबिधा पनि सुरुवात गरेको हाम्रा सम्पूर्ण ग्राहकबर्गमा जानकारी गराउदछौ । यो सहकार्य संगसंगै FOREX

जापानबाट पठाएको रकम अब नेपालमा ७,५०० भन्दा बढी काउन्टरबाट भुक्त्तानी लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकको १ लाख भन्दाबढी रकम नगद भुक्त्तानी लिन नमिल्ने निर्णयसंगै बैंकमा डिपोजिट गर्नु हुने सेवाग्राहीहरुलाई यो सुबिधा निकै नै उपयोगी हुनेमा हामी बिस्वस्त छौ  । FOREX JAPAN बाट विप्रेषण सेवा लिंदा नेपाल लगायत इंडिया र इन्डोनेसियामा पनि रियल टाईममा बैंक ट्रान्सफर को सुबिधा प्रदान गर्दै आएको व्यहोरा जानकारी गराउन चाहन्छौ ।आगामी दिनहरुमा पनि ग्राहकहरुको मागलाई मध्यनजर गर्दै आफ्नो सेवा परिमार्जित गर्दै लैजाने छौ भनि प्रतिबद्धता जाहेर गर्दछौ ।

धन्यवाद

FOREX JAPAN परिवार