शनिबार, बैशाख १९, २०८३

जापानमा ११ औँ संस्करणको दुई दिने नेपाल फेष्टिवल आजबाट सुरु

टोकियो,९ भदौ । नेपाली राजदूतावास तथा गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा ११ औँ संस्करणको दुई दिने नेपाल फेष्टिवल आज शनिबारबाट सुरु भएको छ । 

आज शनिवारबाट टोकियो कोमाजावा ओलम्पिक पार्कमा सुरु हुदैछ ।

नेपाली कला संस्कृति तथा मौलिक पहिचान झल्काउदै जापानीहरुमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिदै आएको फेष्टिवलमा यस पटक नेपालको प्रसिद्ध बाैद्ध स्तुपाको प्रतिमा मुख्य आकर्षणका रुपमा राखिएको छ।

आईतबारसम्म चल्ने फेष्टिवलमा यस पटक नेपाली स्वाद पस्काउने खानाका १३ सहित व्यवसायीक प्रवद्र्धनका २५ स्टल समावेश गरिदै छ।

यस वर्षको प्रमुख आकर्षणमा नेपाली दर्शकहरुका लागि दुवैदिन प्रथम नेपाल आईडलका विजेता बुद्ध लामा, उपविजेता निसान भट्टराई सहित तेश्रो भएका प्रताप दासले सांगीतिक धमाका मच्चाउने छन। यस्तै जापानी दर्शकहरुका लागि नेपालको पर्यटन प्रवद्र्धन तथा वर्तमान अवस्था बारे खुल्ला अन्र्तकृया कार्यक्रमको आयोजना गरिएको छ । यस्तै जापानीहरुलाई नेपालका विभिन्न क्षेत्रको अवस्था सहित विशेष जानकारी दिन नेपाली पर्यटन व्यवसायीहरुको स्टलहरु समेत समावेश गरिएको छ।