शनिबार, बैशाख १९, २०८३

पहिचानको लागी तामाङ ज्ञान महोत्सवमा १४ कार्यपत्र प्रस्तुत

काठमाडौं ,७ भदौ । तामाङ संघसंस्थाहरूको सहभागीतामा बुधबारबाट दुई दिने तेस्रो ज्ञान महोत्सव शुरू भएको छ । महोत्सवमा २ दर्जन तामाङ पुस्तक विमोचन र १४ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा शुरू भएको महोत्सवको पहिलो दिनमा प्रदेश नं. ३ का उपासभामुख राधिका तामाङले उद्घाटन गरिएको थियो ।

तामाङ पहिचान दिवसलाई अवसर पारेर आयोजना गरेको महोत्सवमा तामाङ पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी, तामाङ संस्कृति तथा भेषभुषाको प्रदर्शनी, तामाङ कला प्रदर्शनी, फोटो प्रदर्शनी तामाङ ज्ञानसम्वन्धी सेमिनारसमेत भएको छ ।

महोत्सवको उद्घाटन सत्रपश्चात दोस्रो सत्रमा १४ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । वि.स. १९८९ मा तत्कालीन राणा सरकारले ’तामाङ’ लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो ।

कार्यपत्र प्रस्तुतिको पहिलो सत्रमा ७ वटा गोष्ठीपत्र प्रा. डा. दानराज रेग्मी र डा. अम्बिका रेग्मीले “पश्चिमी तामाङ भाषिकामा मातृभाषामा शिक्षा आवश्यकता, कार्यान्वयन प्रकृया तथा प्रभावकारिता”, धनबहाद’र तामाङ– “तमङ ग्योइ ल विकास तेन ध्वनि संवेदनशिलताः समस्या, चुनौती हाच्छा ब्रातोप ग्यलम”, डा. ओमकारेश्वर श्रेष्ठ— “तामाङ थरको भाषावैज्ञानिक अध्ययन”, प्रतिक ङ्यास’र— “तामाङ भाषा, लिपि र लेखन अभ्यास” लोक बहादुर लोप्चन— “शिक्षामा तामाङ भाषाको स्थिति, चुनौती र भावी दिशा”, अमृत योन्जन–तामाङ– “तामाङ भाषामा पुस्तक प्रकाशनको स्थिति” प्रस्तुत गरेका थिए ।

यसलाई नेपाल भाषाविज्ञान समाजका अध्यक्ष भिमनाराण रेग्मीले सत्राध्यक्ष गरेका हुन् ।दोस्रो दिन पनि १४ कार्यपत्र प्रस्तुत हुनेछ ।

जापानका लागि पूर्व राजदुत डा. गणेश योन्जनको संयोजकत्बमा मुल आयोजक समिति बनाएर आयोजना गरिएको हो