शनिबार, बैशाख ०८, २०८१

सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन : नेता नेपाल

रौतहट,३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म वर्तमान सरकारलाई कसैले हल्लाउन नसक्ने ठोकुवा गर्नुभएको छ । दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारलाई कसैले हल्लाउन नसक्ने भन्दै वामपन्थी सरकारले मात्र मुलुकको विकास गर्न सक्ने बताउनुभयो ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ रौतहट शाखाले शनिबार चन्द्रनिगाहपुरमा गरेको साईबर सुरक्षा एवं स्मार्ट सिटीसम्बन्धी प्रदेशस्तरीय गोष्ठीमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भन्नुभयो, ‘यो सरकारलाई कुनै शक्तिले केही गर्न सक्दैन । सरकार अब विभिन्न विकासका योजनाका साथ अघि बढेको छ ।

सरकार विकास निर्माणको योजनाका साथ अघि बढेको बताउँदै भष्ट्राचार अन्त्यका लागि निकै कसरत भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हरेक काममा सुझबुझका साथ सरकार अघि बढिरहेको छ । यस्तो सरकारलाई कसैले केही गर्न सक्दैन ।