बिहिबार, असार ०४, २०८३

पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

काठमाडौं,१ भदौ । पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान १७६ मतका साथ प्रधानमन्त्री चुनिए ।

शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग (पीपीपी)ले भने मतदान बहिस्कार गरेको छ ।

सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गरेका छन्, उनको सपथ भोलि हुदैछ ।