ललितपुर,३१ साउन । फास्ट फुड एसोसिएसन नेपालको छैटौं महाधिवेशनको लागि उम्मेदवारी दर्ता भएको छ । एसोसिएसनका महासचिव हिमाल श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षकै लागि केशव श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदमा राजु श्रेष्ठ , रमिला श्रेष्ठ र कुमार भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिवको लागी होमराज श्रेष्ठ र प्रदिप कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन भने सचिवमा भिमबहादुर श्रेष्ठ,राजेन्द्र श्रेष्ठ ,बाबुराम कार्की विष्णु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । कोषध्यक्षमा नविन श्रेष्ठ र राजेश कुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
सदस्य पदमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । फास्ड फुड एसोसियसनको निर्वाचन भने भदौ २ गते हुनेछ ।
अध्यक्षमा उम्मेदवारी दिएका महासचिव हिमाल श्रेष्ठले आगामी दिनमा व्यवसायीहरुको हक हितको पक्षमा काम गर्नको लागि आफूले उम्मेदवारी दिएको बताए । उनले भने,‘फास्ड फुड एसोसियसनलाई थप समृद्ध बनाउनको लागि भूमिका खेल्छु ।

