बिहिबार, बैशाख १३, २०८१

जनजाति महासंघ पोर्तुगलको पाँचौ अधिवेशन सेप्टेम्बर २३ मा हुने

पोर्तुगल,३१ साउन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको पाँचौ अधिवेशन सेप्टेम्बर २३ तारिखका दिन लिस्बोनमा हुने भएको छ । आज एक भेलाले अधिवेशनका लागि व्यवस्थापन समिति र उपसमितिहरु गठन गरेको छ ।

अधिवेशनलाई व्यवस्थित पार्न कावा अध्यक्ष राजेन्द्र शेर्पाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा सल्लाहकारहरु, पदाधिकारीहरु र जातिय संस्थाका अध्यक्षहरु रहेका छन् ।

भेलाले डा. ज्योति तुलाधरको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । समितिमा योगेन्द्रमिलन छन्त्याल, पेम्बागेलु शेर्पा, हेम गुरुङ र रिपुजङ लिम्बु सदस्य रहेका छन् ।

यसैगरी रमेशकुमार गुरुङको संयोजकत्वमा पाँच सदस्सीय निर्वाचन समिति गठन भएको छ । सदस्यहरुमा गणेश याक्खा, चीजकुमार तामाङ, धनराज शेर्पा र नारायणकाजी थापा मगर रहेका छन् ।

योगेन्द्रमिलन छन्त्यालको संयोजकत्वमा गठन गरिएको प्रचार प्रसार समितिमा पेम्बागेलु शेर्पा, याम गुरुङ र गङ्गाबहादुर नेम्कुल सदस्य रहेका छन् । कोषाध्यक्ष तारा गुरुङको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । जातिय संस्थाका प्रतिनिधिहरु सदस्य रहने छन् ।

गङ्गा नेम्कुलको संयोजकत्वमा साँस्कृतिक व्यवस्थापन समिति गठन भएको छ । उपसमितिमा जातिय संस्थाका प्रतिनिधिहरु सदस्य रहने छन् । उपाध्यक्ष अगमसिंह तामाङको संयोजकत्वमा गठित अतिथि सम्मान तथा व्यवस्थापन समितिमा ओङ्गेल लामा र सुनिता ब्लोन तामाङ सदस्य रहेका छन् । @ नमस्तेनेपाली