शनिबार, बैशाख १९, २०८३

दिपशिखा युनाईटेड क्लब रामेछापको अध्यक्षमा सोनु रोका निर्वाचित

मन्थली,२८ साउन । रामेछाप जिल्लाको मन्थली ०६७ सालामा स्थापना भएको दिपशिखा व्वाईज युनाईटेड क्लब को चौथो साधारण सभाबाट अध्यक्षमा सोनु कुमार रोका सर्वसहमति निर्वाचित भएका छन् ।

शनिवार मन्थलीमा भएको साधारणसभावाट उपाध्यक्ष कुमार बस्नेत सचिव महेश्वर अधिकारी कोषाध्यक्ष सर्मिला खड्का, सह सचिव सोमेश कार्की चयन गरेको छ भने अन्य ६ सदस्य गरि जम्मा ११ कमिटी सदस्य बनेको छ । अरुलाई भने पहिलो मिटिङबाट ममोनित गरिने जनाएको छ ।
यस दिपशिखा व्वाईज युनाईटेड क्लबले रामेछाप मन्थलीमा स्वास्थ्य ,खेलकुद ,शिक्षा लगाएत क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको नव निर्वाचित अध्यक्ष रोकाले बताउनु भयो भने आगामी दिनयरुमा स्थानीयस्तरको विकासमा पनि हातेमालो गर्दै जाने बताउनु भयो ।