शनिबार, बैशाख १९, २०८३

नेकपाकै सांसदद्धारा अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग

काठमाडौं,२६ साउन । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।

अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका हुन् ।

अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ’ प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा उनले भने ।

अर्थमन्त्रीकै कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले हटाउन माग गरेका हुन् । चुनाव अगाडि र पछाडि नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण आशा र अपेक्षा निराशामा परिणत भएको छ’ उनले बैठकमा आफूले राखेको धारणाबारे अहिलेको अर्थमन्त्रीबाट कुनै गुञ्जायस छैन, चेञ्ज गरेर जानुपर्छ ।

बैठकमा अन्य सांसदहरुले पनि बजेटबारे गुनासो गरे पनि राजीनामा भने मागेका थिएनन् ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ दिएनन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताए । प्रधानमन्त्री ओलीले आगामी वर्षमा यसलाई सच्याएर जाने आश्वासन पनि दिए । ‘प्रधानमन्त्रीले आगामी वर्ष बजेट सच्याउने बताउनुभयो, राजीनामाबारे केही बोल्नुभएन’ उनले भने ।

सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको काम-कारबाहीका साथै यो आर्थिक वर्षको वजेटका विषयमा धारणा राखेका थिए ।