शनिबार, बैशाख १९, २०८३

रामेछाप जिल्लामा नेकपाको भागवण्डामा यसरी भयो सहमति

काठमाण्डौ,२५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछाप जिल्ला कमिटीमा रहने सदस्यको भागवण्डामा सहमति जुटेको छ । 

बिहिवार पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रबीच सदस्य संख्या बाँडफाँडमा सहमति जुटेको हो । रामेछापका केन्द्रीय सदस्य,दुवै पार्टीका पूर्व जिल्ला इन्चार्ज, पूर्व जिल्ला अध्यक्षहरुबीच भएको छलफलले सहमति जुटाएको हो । नेकपाको सांगठनाकि संरचना अनुसार रामेछापमा  १ सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने भएको छ । एमालेबाट पार्टी एकतापूर्व रहेको ७४ सदस्यी जिल्ला कमिटीबाटै जिल्ला कमिटीमा रहने सदस्यको छनोट हुने भएको छ ।

नेकपा रामेछापले सांगठानिक एकता प्रक्रिया अन्तर्गत कार्यदललाई तोकेको समयमा बुझाउनु पर्ने भएकाले जिल्ला कमिटीको सदस्यहरु तोकिएर समयभित्र नै कार्यदललाई बुझाउने बताए ।

जिल्ला कमिटीमा पूर्व दुई पार्टीबाट सहभागी हुने सदस्यहरुको संख्या कति–कति गर्ने भन्ने विषयमा पूर्व जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय सदस्यहरुले पटक–पटक छलफल गरेका थिए ।  संघीय राजधानी विहिवारमा केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कमल चाैलागाइ, कैलाश ढुंगेल, युवराज चाैलागाइ, माधव ढुंगेल, माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज, धावा लामा,पूर्व जिल्ला संयोजक मैनकुमार मोक्तान र पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल सहभागी बैठकले सख्या बाँडफाडमा सहमति जुटाएको हो । संख्यामा सहमति जुटाउनुपूर्व पूर्व माओवादी केन्द्र रामेछापको कार्यालयको बैठकमा छलफल भएको थियो ।

नेकपाका केन्द्रीय सदस्य माधव ढुंगेलका अनुसार रामेछापका आठ वटा स्थानीय तहमा नेतृत्व गर्ने विषय पनि टुंगो लागेको बताएका छन् । ढुंगेलका अनुसार उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोसी, मन्थली र खाँडादेवी गाउँपालिकामा पुर्व एमालेकले नेतृत्व गर्नेछ । त्यसैगरी सुनापति, दोरम्बा र रामेछाप नगरपालिकामा भने पूर्व माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।

सहमति अुनसार रामेछापको विभिन्न वडामा निर्वाचनको क्रममा जितेको पार्टीहरुले नै नेतृत्व गर्ने र कांग्रेसले जितको वडामा वरापरी नेतृत्व लिने गरी सहमति भएको माधव ढुंगेलले जानकारी दिनु भयो