बिहिबार, बैशाख १३, २०८१

गायक अमृत खाती र स्मृती गौतमको तीज कोसेली’बेर्यो मायाले’ सार्बजानिक

काठमाडौं,२२ साउन । हरितालिका तीजको कोसेली स्वरुप ‘ऒके छ त’ बोलको गीतबाट चर्चा बटुल्न सफल गायक अमृत खाती र ‘घर त ठिमी’ बोलको गित बाट चिनिएकी गायिका स्मृती गौतमको संयुक्त प्रस्तुतिमा तीजमा छमछमी नचाउने गित बेर्यो मायाले यूटुब मार्फत सार्बजानिक भएको छ।

खाती र गौतमको आवाजमा रहेको उक्त गितमा सब्द जीवन अर्यालको रहेको छ भने सङ्गीत खातीकै रहेको छ।चर्चित नायिका अनु शाह र सन्जीव ठकुरीको अभिनय रहेको उक्त म्युजिक भिडियोमा निर्देशन बिक्रम चौहानको रहेको छ भने छायांकन प्रकाश खड्काको रहेको छ।त्यसै गरि गोरखा चौतारी म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको उक्त गित मा सम्पादन मिलन बि.कले गर्नु भएको छ।