शनिबार, बैशाख १९, २०८३

अपहरित ११ वर्षीय बालक खड्काको हत्या,मुठभेडमा दुई मारिए

काठमाडौं,२१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।

ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।

बालकको हत्या आइतबार साँझै भएको हो या सोमबार मात्रै भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

अपहरणकारीले खड्काको परिवारसँग ४० लाख रूपैयाँ फिरौती माग गरेका थिए । इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

उनीहरु भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका थिए ।

बालक निशानको भने  मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

उता, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुई अपहरणकारीको मृत्यु भएको छ ।