शनिबार, बैशाख ०८, २०८१

कामु प्रधानन्यायाधीश जोशी आजबाट बिदा बस्ने,पेसी मिश्रले तोक्ने

काठमाडौं,२० साउन । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्नुहुने भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो ।

साथै, रोलक्रमका आधारमा वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्ने सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले १ सय २० दिन कायममुकायम प्रधानन्यायाधीशको जिम्मेबारी सम्हाल्नुभएको थियो ।

जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई आग्रह गरेका छन् ।