काठमाडौं,२० साउन । नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले आइतवार संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुई तिहाई बहुमतका आधारमा दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । समितिमा रहेका कांग्रेसका चार सांसदले भने मतदान प्रक्रिया बहिस्कार गरेका थिए ।
शनिबार बसेको कांग्रेस शीर्ष नेताहरु र संसदीय दलको छुट्टा-छुट्टै बैठकले सुनुवाई समितिको निर्णयले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको ठहर छ । सरकारले स्वतन्त्र न्यायपालिकालाई नियन्त्रित गर्न खोजेको उसको आरोप छ ।
प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री ओलीको दोहोरो भूमिका देखिएको कांग्रेसको निष्कर्ष छ । ‘संवैधानिक परिषद्ले कुन आधारमा सिफारिस गर्यो र प्रधानमन्त्रीकै सत्तारुढ पार्टीले के भनेर उल्टायो ? यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भनेका छन् ।
कांग्रेसले भोलिको संसद बैठकमा यसबारे प्रधानमन्त्री ओलीको जवाफ माग्ने तयारी गरेको छ । राजनीतिक नियुक्तिहरुमा राष्ट्रिय सहमति होस् भनेर विपक्षी दलका नेता समेत रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको स्मरण गराउँदै कांग्रेसले प्रधानमन्त्रीलाई सोधेको छ

