जापान,१९ साउन । पूर्व निर्धारित कार्यक्रम अनुरुप नेपाली साझा समाज जापानले ओइजुमि समर फेस्टिवलमा हिमाल देखि तराई पूर्व देखि पश्चिम सम्पूर्ण नेपाल र नेपालीको प्रतिनिधित्व गरी राष्ट्रिय पहिचान झल्कने रास्ट्रिय पोषाक, बिबिध जातीय भेषभुषा, गित संगीत तथा नेपालको मौलिक बिबिध बाजागाजा सहित गत हप्ता सहभागी भई भब्य रुपमा सम्पन्न भएको छ ।
जापानिजहरुले यस किसिमको पोषाक बाजागाजा तथा गित संगीत पहिलोपटक अनुभब गरेको भन्दै उपस्थित हजारौ जापानिजहरु माझ नेपालीहरु एक प्रमुख आकर्षणको केन्द्र बनेको थियो। ओइजुमि नगरका नगर प्रमुख मुरायामा तोसिआकि ज्यूले यस समर फेस्टिवलमा सहभागिता जनाएकोमा सबै नेपालीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै केहि क्षण नेपालीहरु माझ आउनुभई मनोरन्जन लिनुभएको थियो।
किराँत राई यायोक्खा कान्तोद्वारा प्रस्तुत राई समुदायको मौलिक साकेला नृत्यले उपस्थित सबैको ध्यान खिच्न सफल भएको थियो। कार्यक्रममा उपस्थित भई सफल बनाउन उल्लेखनीय भूमिका निभाउनुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, किराँत राई यायोक्खा कान्तोका सम्पूर्ण पदाधिकारीहरुमा नेपाली साझा समाज, जापानको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै किसिमको सहयोगको अपेक्षाराखेको छ । बिभिन्न देशहरू बीच मौलिक कला संस्कृति आदान प्रदान गरिएको यस कार्यक्रमले नेपाल भ्रमण बर्ष २०२० को लागी केही टेवा पुग्नेछ भन्ने आशा गरेको छ । नेपालको रास्ट्रियता, मौलिक कला सस्कृतिको संरक्षण एबम सम्बर्धन गर्दै यसलाई बिदेशीहरुलाइ परिचित गराउनु नेपाली साझा समाज, जापान स्थापनाको एक प्रमुख उदेस्य भएकोले यस बिषयमा यस समाजले स्थापना काल देखि हालसम्म जापानको सरकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरि उल्लेख्य काम गर्दै आएको र भविष्यमा पनि निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

