शुक्रबार, बैशाख ०७, २०८१

जोशी आउट भएपछि अब प्रधानन्यायाधीश को बन्दैछ ?

काठमाडौं,१९ साउन । संसदीय सुनुवाइ समितिबाट दीपकराज जोशी प्रधानन्यायाधीश अस्वीकृत भएपपछि अब दोस्रो नम्बरमा रहेका न्यायाधीशको भाग्य चम्किएको छ । जोशीले आजै पदबाट राजीनामा दिने भएका छन् ।

सर्वोच्चका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रका लागि बाटो खुलेको छ । मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा पाँच महिनाको हुनेछ । १८ पुसमा अवकाश पाउने मिश्रपछि अर्का न्यायाधीश चोलेन्द्रशमशेरका लागि बाटो खुल्नेछ ।

केहीको नाम अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्नेछ । न्यायपरिषदले यसअघि नै जोशीसहित तीन जनाको नाम सिरफासिस गरिसकेको छ ।

जोशी प्रधानन्यायाधीश भएमा मिश्र प्रधानन्यायाधीश हुन नपाई आउनट हुने थिए । चोलेन्द्रशमशेर राणाका लागि बाटो खुल्ने थियो । आगामी पुसमै चोलेन्द्रशमशेरको पालो आउने भने निश्चित छ ।