काठमाडौँ,१७ साउन । एक दशक अघि सप्तकोशी नदीमा आएको बाढीका कारण राजमार्ग अबरुद्ध भएपछि यातायात अनुमति दिनका लागि भारतले बिराटनगरमा खोलेको कार्यालय बल्ल बन्द गरेको छ ।
समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखिएको थियो ।
कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।
आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए,नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ ।
भारतीय क्याम्प अफिसले बाहिरीरुपमा एकखाले काम गर्ने भने पनि भित्रीरुपमा चाहिँ नेपालको आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए ।
उत्तरमा चिनियाँ नाकासम्मको गतिविधि नियाल्नेदेखि पूर्वी नेपालमा राजनीतिक चलखेलसम्मका गतिविधि बिराटनगरस्थित भारतीय क्याम्प अफिसबाट हुँदै आएको नेपाली पक्षको गुनासो रहँदै आएको थियो ।
बुधबार भारतीय दूताबासले एक विज्ञप्त जारी गरी सो कार्यालय बन्द गरेको जानकारी दिएको हो । २०६५ भदौ २ गते सप्तकोशीको बाँध फुटेपछि ४ गते भारतले सो कार्यालय (क्याम्प) खडा गरेको थियो ।

