आइतबार, बैशाख २०, २०८३

अगष्ट ५ मा कास्की पोखरा समाज जापानको अधिवेशन हुँदै

टोकियो,१६ साउन । कास्की पोखरा समाज जापानले आफ्नो तेस्रो अधिवेशन यहि अगष्ट ५ तारिकको दिन गर्ने भएको छ ।

जापानमा समाजसेवामा क्रियाशील समाजको तेस्रो अधिवेशनसंगै नयाँ नेतृत्व समेत चयन हुने पूर्व अध्यक्ष शिब प्रसाद पौडेलले जानकारी दिनु भयो ।

जापानमा आई बसोबास गरेका कास्केली सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुलाई संस्थाले सोलमारी मुरा हलमा एक बजे उपस्थित भईदिनु हुन अनुरोध गरेको छ । जापानमा करिब ८० भन्दा धेरै संघसंस्था भए पनि अस्तित्वमा रहेका काम गर्ने संस्था केहि मात्रामा रहेका छन् ।

कास्की पोखरा समाज जापानले पनि यहाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको कार्यबाहक अध्यक्ष विश्व सुबेदीले जानकारी दिए ।