बिहिबार, बैशाख ०६, २०८१

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य जापानमा

टोकियो,१६ साउन । काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य जापान भ्रमनमा रहेका छन् ।

मंगलबार परराष्ट्रलाई थाहै नदिई शाक्य  सुटुक्क जापानतिर आएका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाए पनि मेयर शाक्य विना स्वीकृति जापान आईपुगेका छन् ।

परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय होु, उनले भने, हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।
महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले शाक्य मंगलबार जापान गएको पुष्टि गरेका छन् । यसअघि ललितपुरका मेयर चिरिबाबु महर्जनसमेत परराष्ट्रको स्वीकृतिबिना जापान भ्रमनमा आएक थिए ।

स्थानीय तहका जनप्रतिनिधिहरुले परराष्ट्रको स्वीकृत लिएर मात्रै विदेश जानुपर्ने कार्यविधि सरकारले बनाएको छ । केपी ओली नेतृत्वको सरकारले सुरुबाटै कर्मचारी र जनप्रतिनिधिलाई आफूखुसी विदेश जान रोक लगाइसकेको छ ।
मेयर काठमाडौँ महानगरपालिकाका मेयर शाक्य जापानमा हुने १२ औं एशिया प्रशान्त नगर सम्मेलनमा आज बुधबारदेखि सहभागी भएको जनाएको छ ।