विराटनगर,१२ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले भने ‘हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ, अब कार्यान्वयन पक्ष कस्तो हुन्छ भनेर सबैको ध्यान केन्दि्रत भएको छ त्यसैले बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईहरु आजैबाट लाग्नुहोस् ।’
यदि यो बजेट कार्यान्वयनमा सफल हुन नसकेमा नागरिकका सपना पूरा नहुने रसमृद्धिको यात्रा अगाडि नबढ्ने उनले बताए ।
मुख्यमन्त्री राईले बजेट कार्यान्वयनमा अलिकति पनि ढिला नगर्न निर्देशन दिए ।

