आइतबार, बैशाख २०, २०८३

शिक्षा र स्वास्थ्यको विकासमा प्राथमिकता : प्रदेशमन्त्री ढुङ्गेल

मकवानपुर,११ साउन । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आफुँले प्रदेशको शिक्षा र स्वास्थ्यको विकासमा प्राथमिकता दिने बताउनु भएको छ ।
विहिवार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आयोजना गरेको गुरु पुर्णिमा बिशेष कार्यक्रममा प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ढुङेलले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन तथा प्राध्यापकहरुलाई सम्मान गर्दै मन्त्री ढुङ्गेलले अहिले नेपालमा दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार भएको बताउँदै यो सरकार जनताको मन जितेर आएको बताउनु भयो । जनताले दिएको मतको आधारमा यो सरकार बनेको बताउँदै उहाँले सरकारले जनताले दिएको मतको आधारमा दुईतिहाई बहुमतले गर्ने सबै काम गर्ने बताउँदै कम्युनिष्ट शासन अधिनायकवाद तर्फ उन्मुख हुनै नसक्ने बताउनु भयो ।
काँग्रेसले अहिले गरिरहेको व्यवहारले कम्युनिष्टलाई तीनतिहाई बहुमतले जिताउने बातावरण बन्दै गएको उहाँले प्रष्ट पार्नु भयो।