आइतबार, बैशाख २०, २०८३

आज गुरु पूर्णिमा, गुरुहरुप्रति श्रद्धाभाव व्यक्त गरेर मनाइँदै

काठमाडौं,११ साउन । आज आषाढ शुक्ल पूर्णिमा, अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीकाअवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमालिने गरिएको छ ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको विश्वास गरिन्छ ।