बुधबार, बैशाख १९, २०८१

आज राति यो शताब्दीकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण

काठमाडौं,११ साउन । आज राती यो शताब्दीकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्ने भएको छ ।
३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ ।
४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा एक बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ । मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ।
नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि यो खग्रास देख्न सकिने बताएको छ । सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दीको सबभन्दालामो चन्द्रग्रहण (५ घन्टा २७मिनेट) भएको थियो ।