शनिबार, बैशाख ०८, २०८१

संसदको बैठक बस्दै, सत्तासिन दल र प्रतिपक्ष छलफलमा

काठमाडौं,११ साउन । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । लामो समयदेखि नेपाली कांग्रेसले अवरुद्ध गरेको संसद आजदेखि भने चल्ने भएको हो ।
डाक्टर गोविन्द केसीका मागका विषयमा सहमति भएपछि संसद चल्ने भएको हो । आजको संसद बैठकमा चिकित्सा शिक्षा विधेयकसहित सरकारले पेश गर्न खोजेका अरु विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद बैठकअघि सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
सत्तासिन दलको संसदीय दलको बैठकले चिकित्सा शिक्षा विधेयकमा दलको धारणा तय गर्नेछ । संसदको कामकारवाहीका विषयमा पनि छलफल हुने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । कांग्रेसले भने आजको संसदमा कसरी प्रस्तुत हुने भन्नेमा छलफल गर्नेछ ।