काठमाडौं,११ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीका विषयमा आज निर्णय हुने भएको छ ।
हिजो संसदीय सुनुवाई सकिएपछि आज समितिले निर्णय दिने भएको हो । निर्णय दिन संसदीय सनुवाई समितिको बैठक ३ बजेपछि बोलाइएको छ ।
आज ३ बजे बस्ने समितिको बैठकले निर्णय गर्ने समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । संवैधानिक परिषद्ले प्रधानन्यायाधिशमा सिफारिस गरेका सर्वोच्च अदालतका कामु न्यायाधिश जोशीबिरुद्ध संसदीय सुनुवाई विशेष समितिमा ५ वटा उजुरी परेका थिए ।
जोशीसंग समितिले हिजो ३ घण्टा सोधपुछ गरेको थियो ।छलफलका क्रममा समितिका सदस्यहरुले प्रस्तावित प्रधानन्यायाधिश जोशीलाई एनसेल प्रकरण, बेरुजु फर्छयौट, विभिन्न ठाउँका जग्गाहरु व्यक्तिको नाममा दर्ता गराएको, मोही अंश, शैक्षिक प्रमाणपत्र सम्बन्धि अदालत सुधारको भावीकार्य योजनाबारे प्रश्न सोधेका थिए । जोशीले समितिमा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र समेत पेश गरेका थिए ।

