आइतबार, बैशाख २०, २०८३

पाकिस्तानमा इमरान खानको पार्टी पीटीआईको सुरूवाती अग्रता

पाकिस्तान,१० साउन । पाकिस्तानमा आम निर्वाचनपछि जारी मतगणनामा पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले सुरूवाती अग्रता लिएको छ।
औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन् । पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल(एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ। त्यस पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई राजनीतिक र कानूनी दुवै चुनौती दिने चेतावनी दिएका छन्।
सन् २०१३ को चुनाव जिते पनि शरिफको पार्टीले बहुमत ल्याउन सकेको थिएन।पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले भने मतगणनामा अनियमितता भइरहेको दावी गरेका छन् । पाकिस्तानमा राष्ट्रिय विधायिका (नेशनल एसेम्बली) का २७२ स्थानका लागि हिजो मतदान भएको थियो ।
त्यसमध्ये ७० स्थान महिला तथा अल्पसंख्यकहरूका लागि आरक्षित छ।चुनावका लागि देशभरि सुरक्षा व्यवस्था कडा पारिएको भनिएका बेला क्वेटा शहरमा एउटा विस्फोट गराइँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।