काठमाडौ,१० साउन। आज देशभर मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने र आज राति कतिपय स्थानमा भारी वर्षा समेत हुनसक्ने मौसमविद् सुवास रिमालले जानकारी दिए । उनकाअनुसार मध्य र पश्चिम तथा पूर्वमा मौसम बदली भई मध्यमदेखि भारी वर्षा हुनेछ ।
यसैबीच,आज र भोली देशका ठुला नदीहररुमा ठुलो बाढीको संभावना नदेखिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ । पर्सी भने देशैभरका नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह समेत पुग्न सक्ने शाखाको भनाइ छ ।
आज र भोली वर्षा भइराख्दा ससाना खोलाहरुमा सतर्कता अपनाउन शाखाले सचेत गराएको छ । पर्सी भने देशैभरका चुरे र पहाडका ससाना खोलाहरुमा उच्च सतर्कता जरुरी रहेको जनाइएको छ ।

