आइतबार, बैशाख २०, २०८३

पहिरोमा पुरिँदा रसुवामा चार जनाको मृत्यु, सात जना बेपत्ता

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा पहिरो जाँदा ४जनाको मृत्यु भएको छ । गएराती गएको पहिरोले अन्य ७ जना बेपत्ता भएका छन् ।
चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा गएको पहिरोको स्थलगत अवलोकनका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीत्यसतर्फ गएको छ ।टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलकाअनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको हो । घटनाको विषयमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।