आइतबार, बैशाख २०, २०८३

डोल्पामा उपनिर्वाचन गराएर वामदेवलाई सांसद् बनाउने तयारी

काठमाडौं,९ साउन । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

सांसद् बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । वामदेवले नयाँ पत्रिकासँग दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौं भनेको बताएका छन्
जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ ।

डोल्पाका सांसद् धनबहादुर बुढाले भने राजीनामाबारे केही बोल्न नचाहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

०७४ को निर्वाचनमा बुढा ११ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका थिए । लामो समय राप्रपाको राजनीति गरेको बुढा ०७० मा एमाले प्रवेश गरी दोस्रो संविधानसभा मा पनि सभासद् बनेका थिए । @ नयाँ पत्रिका दैनिक