आइतबार, बैशाख २०, २०८३

अनसनरत डा.गोविन्द केसीको काम नै अनसन बस्ने : प्रचण्ड

काठमाडौं,७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनसनरत डा.गोविन्द केसीको काम नै अनसन बस्ने भएको atfpsf 5g\ .

सोमबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले डा. केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताए । उनले अघि भने, ‘तर, अर्को पक्ष गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न चाहन्छ, लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।

उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताए । ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गरे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’

प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गरौं भनेको सुनाउँदै उनले भने, ‘उहाँले डा. केसीलाई सहमति गरे हुन्छ । नभए हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।

हिजोका अधिकृतहरुलाई सडकमा उतार्दैमा सरकार र नेकपा कमजोर नहुने बरु, अझ शक्तिशाली हुने उनले बताए ।

उनले सुरुमा पार्टी एकता टुटाउन र अहिले नेकपा र सरकारलाई बदनाम गर्ने नियोजित कसरत भइरहेको बताए । उनले कांग्रेससँग सरकारमा रहँदा अपमानित हुनु परेको र, सरकारले अलोकतान्त्रिक कामहरु गरेको भन्दै आलोचना गरे ।
जनताले बहुमत दिँदा समेत सरकार बनाउन फलामको च्यूरा सहज भएको उनले सम्भिmाए ।

प्रचण्डले आफूलाई लोकतान्त्रिक भन्नेहरुकै सरकार भएको बेला डा. केसी लामो समय अनसन बसेको स्मरण गर्दै उनले भने, के हेरेर बस्नु भएको थियो । डा. केसी अनसनलाई नेपाली समाजले पचाइसकेको उनले बताए ।