पाकिस्तान,७ साउन । पाकिस्तानमा आगामी जुलाई २५ मा हुने आमनिर्वाचनका उम्मेदवारको नै हत्या भएको छ ।
मतदानको दिन नजिकिदै गर्दा आमनिर्वाचनका उम्मेदवारको हत्या भएको हो । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् ।
गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उहाँका चालकको हत्या गरिएको हो ।
आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण गर्दा उमेद्वार इन्साफको मृत्यु भएको स्थानीयले बताएका छन् ।
चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जना मारिइसकेको र दुई सयभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् ।

