सर्लाही,७ साउन । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा डुबेर बेपत्ता दुई युवक मृत फेला परेका छन् ।
हिजो दिउँसो नदीमा पौडी खेल्न जाँदा डुबेर बेपत्ता सर्लाहीको लालबन्दी नगरपालिकाका २२ वर्षीय सञ्जय बस्नेत र राजेश ब्लोनको शव फेला परेको हो ।
प्रहरी र स्थानीयबासिको सहयोगमा आज बिहान शव फेला परेको हो ।

