आइतबार, बैशाख २०, २०८३

संघीय शिक्षा विधेयक आगामी कात्तिकसम्म आउने : मन्त्री पोखरेल

काठमाडौ,७ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले असार मसान्त भित्रमा संघीय शिक्षा विधेयक ल्याउने प्रतिवद्धता जनाए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।
मन्त्री बनेको एक महिनापछि मन्त्री पोखरेलले ३० बुँदे कार्ययोजना सार्वजनिक गर्दै संघीय शिक्षा विधेयक ल्याउने उल्लेख गरेका थिए । तर, तीन महिना वितिसक्दा पनि विधेयक आउन सकेको छैन ।
आगामी कात्तिकसम्ममा संघीय शिक्षा विधेयकको मस्यौदा बनाउन सरकारले आयोग गठन गरेको छ । विधेयक नआउँदा शिक्षकहरुलाई कसले कसरी खटाउने, बालबालिकाको अध्ययन सम्बन्धि अधिकार लगायतको विषयमा अन्यौलता कायम छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विभिन्न परिस्थितिका कारण विधेयक आउनमा ढिलाई भएको स्विकार्दै ४ महिनाभित्र विधेयक ल्याउने विश्वास व्यक्त गरेका छन् ।