आइतबार, बैशाख २०, २०८३

डा.गोविन्द केसीको माग जायज छ : कांग्रेस सभापति देउवा

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको माग जायज भएको उनले बताए । ‘उनको मागमा हाम्रो समर्थन छ देउवाले भने, ‘उहाँलाई बचाउन हामी एकजुट हुनुपर्छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने,डा. केसीको माग जायज भएको बताउदै  नेपालमा बीपीको योगदानको  प्रशंसा गरेका थिए ।

साथै काठमाडौंका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकोमा विरोध जनाएका उनले कम्युनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताए । ‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ । उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन् । उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले हतियार प्रयोग गरेर सत्ता चलाउने कुरा धेरै नटिक्ने बताएका छन् ।