नयाँ दिल्ली । महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर भारत सरकारले हटाएको छ ।
मुलुकमा खपत हुने सम्पूर्ण वस्तु तथा सेवामा लगाइएको जिएसटी हटाएको हो । भारतमा प्रत्येक ५ मध्ये ४ महिला महिनावारी स्वास्थ्यका सामग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसंगै भारत सरकारले सो निर्णय गरेको हो ।
सरकारले विलासिताको सामाग्री अन्तर्गत राखेर वस्तु तथा सेवा कर लगाईएको भन्दै चर्काे विरोधका कारण कर हटाइएको हो । १२ प्रतिशत करले महिलाको पहँुचलाई अझै अप्ठ्यारो पारेको अभियानकर्ताले बताएका थिए ।
महिनावारी शुरु भएपछिको उमेरका बालिकाले विद्यालय छाड्ने लगायतका समस्याले महिला स्वास्थ्य र वृद्धिविकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने महिनावारी स्वास्थ्य अभियान्ता सुर्भि सिंहले बताएकी छन् ।
पुराना कपडा, बोरा लगाएतका वस्तुको प्रयोगले महिला स्वास्थ्यमा परेको गम्भीर असर प्रति भारतमा हस्ताक्षर अभियान चलाईएको थियो ।

